आईतवार, फाल्गुन १०,२०८२ 03:46:36
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:46:36
Bizshala
Global IME Bank Limited

भेनेजुएलाको तेल क्षेत्रमा निजी तथा विदेशी लगानी खुला गर्ने कानून पारित, लचिलो बन्यो अमेरिका

भेनेजुएलाको तेल क्षेत्रमा निजी तथा विदेशी लगानी खुला गर्ने कानून पारित, लचिलो बन्यो अमेरिका
Shivam Cement

काठमाण्डौ । भेनेजुएलाले तेल उद्योगमा निजी क्षेत्रलाई प्रवेश गराउने कानून पारित गरेको छ । भेनेजुएलाको राष्ट्रिय सभाले हाइड्रोकार्बन कानुनमा सुधार पारित गरेको हो । जसले निजी तथा विदेशी कम्पनीहरूलाई देशको महत्वपूर्ण तेल क्षेत्रमा थप स्वायत्तता प्रदान गर्नेछ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजबाट कानूनमा हस्ताक्षर भएपछि यसले भेनेजुएलाको तेल उद्योगमा विदेशी लगानीको ढोका खुल्ने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौँको कुप्रबन्ध, न्यून लगानी र अनिश्चित राजनीतिक अवस्थाका बाबजुद पनि भेनेजुएलाको विशाल तेल भण्डारमा लगानी गर्न अमेरिकी तेल कम्पनीहरूलाई प्रोत्साहन गर्दै आएका छन्। तर अहिलेसम्म राज्य स्वामित्वको तेल कम्पनी पीडीभीएसएलाई अधिकांश तेल परियोजनामा बहुमत नियन्त्रण दिने कानुनी संरचना लगानीका लागि प्रमुख अवरोध बनेको थियो।

कानून पारित भएको केही समयमै अमेरिकाले भेनेजुएलाको तेल उद्योगमाथि लगाइएका केही प्रतिबन्ध खुकुलो बनाएको छ। अमेरिकी ट्रेजरी विभागले तेल प्रशोधन लगायतका विभिन्न तेलसम्बन्धी कारोबारलाई अनुमति दिने सामान्य लाइसेन्स जारी गरेको छ, जसमा स्थापित अमेरिकी कम्पनीहरूले सञ्चालन गर्न सक्ने व्यवस्था समावेश छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भए पनि उद्योग राष्ट्रियकरणपछि धेरै विदेशी कम्पनीहरूले देश छोडेका थिए। त्यसपछि राज्य नियन्त्रण अझ कडा बनाइएपछि उत्पादन झन् कमजोर भएको थियो। केही अन्तर्राष्ट्रिय कम्पनीहरूले अझै पनि सम्झौता परिवर्तनका कारण क्षतिपूर्ति नपाएको गुनासो गर्दै आएका छन्।

नयाँ कानुनी सुधारले स्वीकृत सम्झौता भएका निजी कम्पनीहरूलाई तेल क्षेत्र सञ्चालन गर्न अनुमति दिनेछ भने पीडीभीएसएसँगको संयुक्त लगानीमा रहेका कम्पनीहरूलाई परियोजनामा बढी नियन्त्रण र तेल बिक्रीबाट प्राप्त आम्दानीमा प्रत्यक्ष पहुँच प्रदान गर्नेछ।

अमेरिकी कम्पनी शेभरन जस्ता केही अन्तर्राष्ट्रिय साझेदारहरूले यसअघि नै कानुनी सुधारको माग गरेका थिए। शेभरनले अमेरिकी विशेष लाइसेन्सअन्तर्गत प्रतिबन्धका बाबजुद भेनेजुएलामा आफ्नो गतिविधि जारी राखेको छ।

पूर्व राष्ट्रपति निकोलास मादुरोका सहयोगीहरूले प्रभुत्व जमाएको राष्ट्रिय सभाले यो विधेयक पारित गरेको हो। मादुरोलाई यसै महिनाको सुरुमा अमेरिकी सैन्य कारबाहीमा नियन्त्रणमा लिएपछि डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन्। राष्ट्रिय सभाका सभामुख जोर्ज रोड्रिगेजले विदेशी लगानी आकर्षित गर्न सांसदहरूलाई सुधारको समर्थन गर्न आग्रह गरेका थिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो सुधार सन् २००६ मा पूर्व राष्ट्रपति हुगो चाभेजले लागू गरेको कडा राज्य नियन्त्रणमुखी हाइड्रोकार्बन कानूनबाट ठूलो नीतिगत मोडको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यस कदमले हालैका वर्षहरूमा भेनेजुएलाबाट बाहिरिएका विदेशी तेल कम्पनीहरूलाई पुनः आकर्षित गर्न मद्दत गर्न सक्छ।

यसैबीच, अमेरिकी प्रतिबन्धमा परेको भेनेजुएलाली तेल बिक्रीबारे अमेरिका–भेनेजुएला वार्ता जारी छ। वाशिङ्टनले करोडौँ ब्यारेल तेल निर्यातका लागि अनुमति दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार तेल बिक्रीबाट प्राप्त रकम सुरुमा कतारस्थित खातामा जम्मा गरिनेछ।

उनले भेनेजुएलाले मासिक बजेट अमेरिकी ह्वाइट हाउसमा पेश गर्ने र त्यसपछि प्रहरी सेवा, सरसफाइ, तथा औषधि खरिदजस्ता सार्वजनिक सेवाका लागि अमेरिकी प्रतिबन्ध नियन्त्रणअन्तर्गत रकम निकासा गरिने बताए।

यसका साथै, अमेरिकन एयरलाइन्सले छ वर्षभन्दा बढी समयपछि भेनेजुएलाका लागि पुनः उडान सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी यातायात विभागलाई भेनेजुएलातर्फका उडान प्रतिबन्ध हटाउन निर्देशन दिएपछि यो निर्णय आएको हो।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.