सोमबार, भाद्र ८,२०८३ 04:27:26
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 04:27:26
Bizshala
Global IME Bank Limited

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि साना सवारीका लागि आंशिक खुला

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि साना सवारीका लागि आंशिक खुला
New Office

काठमाण्डौ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिएर परीक्षण हुँदै आएको सुरुङमार्ग अब चारपाङ्ग्रे साना सवारीसाधन—कार, जिप र भ्यान—का लागि खुला गरिएको सडक विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार सुरुङमार्ग अझै परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए। उद्घाटनपछि सुरुङमार्गमा विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी परीक्षण हुँदै आएको थियो।

Bizshala
CG Motors

हाल सुरुङमार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। अन्य ठूला सवारीसाधनलाई भने परीक्षण अवधि पूरा भएपछि सुरुङमार्गबाट सञ्चालन गर्न दिइने सडक विभागले जनाएको छ।

हालका लागि सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा सञ्चालन हुनेछ। परीक्षणका क्रममा अवस्था र व्यवस्थापनको मूल्याङ्कन गर्दै आगामी एक–दुई दिनभित्र क्रमशः दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

सुरुङमार्ग सञ्चालनको समयसमेत क्रमशः विस्तार गर्ने योजना छ। पहिलो चरणमा बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने योजना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.