बिहीबार, श्रावण २१,२०८३ 04:08:34
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 04:08:34
Bizshala
Global IME Bank Limited

एसपीजी अटोमोबाइल्सले प्राप्त गर्‍यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

एसपीजी अटोमोबाइल्सले प्राप्त गर्‍यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड
New Office

काठमाण्डौ । एसपिजि अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ । कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ ।

शारडा ग्रुपका निर्देशक गौरव शारडा का अनुसार, ‘यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम साथ(सहयोगद्वारा सम्भव भएको हो । हामीले ल्याउने अत्याधुनिक इभिहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ । हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ ।’

ओमोडा ईफाइभ गत फेब्रुअरीमा लञ्च गरिएको थियो । कम्पनीले डेलिभरि सुरु भएदेखि,  छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्यूचरिस्टिक ओमोडा ईफाइभको १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको छ ।  

त्यसै अवसरमा गत अप्रिलमा, ओमोडा ईफाइभका नयाँ ग्राहकहरू तथा अटोमोबाइल्स, प्रविधि र ईभि क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थितीमा ‘१५१ ओमोडा प्लस ओमोडा अन द स्ट्रिट’ समारोह पनि आयोजना गरिएको थियो । । ओमोडा ईफाइभ गाडीले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाहरूका साथ नेपाली उपभोक्ताहरूको ध्यानाकर्षण र समर्थन प्राप्त गरेको छ र इभि साधनका लागि प्रमुख रोजाइको रूपमा बस्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.