शुक्रबार, आश्विन ३०,२०८३ 02:26:47
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 02:26:47
Bizshala
Global IME Bank Limited

रसुवा बाढीको ‘इफेक्ट’ सेयर बजारमा, चिलिमे, त्रिशूली, सान्जेनसहित हाइड्रो सेयरमा भारी गिरावट

१०९ हाइड्रो कम्पनी राताम्मे

Bizshala
रसुवा बाढीको ‘इफेक्ट’ सेयर बजारमा, चिलिमे, त्रिशूली, सान्जेनसहित हाइड्रो सेयरमा भारी गिरावट
New Office

काठमाण्डौ । रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पु¥याएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीहरूको सेयरमूल्यमा भारी गिरावट आएको छ।

बाढीबाट रसुवा जिल्लामा रहेका विभिन्न जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएपछि लगानीकर्तामा चिन्ता बढेको हो । आयोजनाको उत्पादन क्षमता, पुनर्निर्माणमा लाग्ने समय तथा लागत र कम्पनीको वित्तीय अवस्थामा पर्न सक्ने प्रभावबारे अन्योल बढ्दा हाइड्रोपावर कम्पनीको सेयरमा बिक्री चाप बढेको देखिएको छ ।

विशेषगरी रसुवा र नुवाकोटमा आयोजना सञ्चालन गरिरहेका तथा त्यहाँका जलविद्युत् संरचनासँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरूमा लगानीकर्ताको आकर्षण घटेको छ ।  

यसको प्रत्यक्ष प्रभाव नेप्सेको हाइड्रोपावर समूहमा परेको छ। बाढीबाट प्रभावित आयोजनाको क्षतिको यकिन विवरण, पुनर्निर्माणको लागत र विद्युत् उत्पादन पुनः सञ्चालन हुने समय स्पष्ट नभएसम्म हाइड्रो कम्पनीका सेयरमा दबाब कायमै रहन सक्ने देखिन्छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना, माथिल्लो मैलुङ–ए, रसुवागढी–भोटेकोशी, सान्जेन खोला तथा माथिल्लो त्रिशूली–३ ‘ए’ लगायतका आयोजनासँग सम्बन्धित संरचनामा बाढीको असर परेको विवरण सार्वजनिक भएको छ । यी आयोजनासँग सम्बन्धित कम्पनीहरूमा समेत लगानीकर्ताको चासो बढेको छ ।

नेप्सेमा सूचीकृत १११ हाइड्रो कम्पनीमध्ये १०९ हाइड्रो कम्पनीको सेयरभा घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरे सेयरभाउ घट्ने कम्पनीमा रसुवागढी हाइड्रो र मैलुङ खोला जलविद्युत रहेको छ । रसुवागढीको सेयरभाउ १५ प्रतिशतले घटेर २०५.२० रुपैयाँ कायम भएको छ भने मैलुङ खोलाको सेयरभाउ १४.९९ प्रतिशतले घटेर ३५२.३० रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै चिलिमे हाइड्रोपावरको १३.२८, प्रतिशत, त्रिशुली जलविद्युतको १३.१५ प्रतिशत, सान्जेन जलविद्युतको ११.४५ प्रतिशत, सयपत्रीको १० प्रतिशत, माथिल्लो मैलुङको ९.२० प्रतिशतले घटेको छ ।  

बाढीबाट प्रभावित आयोजनाको यकिन क्षति विवरण सार्वजनिक हुँदै जाँदा हाइड्रोपावर कम्पनीहरूको सेयरमूल्यमा देखिएको गिरावटले आगामी दिनमा कुन दिशा लिन्छ भन्ने विषय लगानीकर्ताका लागि महत्वपूर्ण बनेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.