बुधबार, आश्विन ७,२०८३ 02:53:51
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 02:53:51
Bizshala
Global IME Bank Limited

त्रिशूली–३ ‘ए’मा फसेकाहरूको उद्धार नजिक ? सञ्चारमन्त्रीले दिए ‘ब्रेकथ्रु’को संकेत

त्रिशूली–३ ‘ए’मा फसेकाहरूको उद्धार नजिक ? सञ्चारमन्त्रीले दिए ‘ब्रेकथ्रु’को संकेत
New Office

काठमाण्डौ। भोटेकोशीको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दर्जनौँ व्यक्तिसम्म उद्धार टोली पुग्ने सम्भावना नजिकिएको संकेत सरकारले दिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले शनिबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उद्धार टोली ‘ब्रेकथ्रु’को नजिक पुगेको जानकारी दिएका हुन्। यद्यपि, मार्ग पूर्ण रूपमा खुलेको र फसेकाहरूको उद्धार सुरु भइसकेको औपचारिक पुष्टि भने भएको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

“दिनरातको मेहनतपश्चात् त्रिशूली–३ ‘ए’ ब्रेकथ्रुको नजिक,” मन्त्री तिमिल्सिनाले लेखेका छन्, “प्रार्थना गरौँ, छिट्टै टोली भित्र पुगोस् र लाइभ रेस्क्यू गर्न सकियोस्।”

मन्त्रीको यो अभिव्यक्तिले लगातारको प्राविधिक प्रयासपछि उद्धार टोली अवरुद्ध क्षेत्र छिचोल्दै फसेका मानिसहरूको नजिक पुग्न लागेको संकेत गरेको छ। ब्रेकथ्रु सफल भएमा आयोजनास्थलमा फसेकाहरूलाई जीवितै उद्धार गर्ने अभियानले निर्णायक मोड लिन सक्नेछ।

उद्धार प्रयासलाई तीव्र बनाउन शनिबारै चीनबाट आएको सुरुङविज्ञहरूको टोली घटनास्थल पुगेको थियो। चिनियाँ विज्ञले नेपाली उद्धार टोलीसँग समन्वय गर्दै सुरुङ तथा अवरुद्ध प्रवेशमार्गको अवस्था अध्ययन गरी काम थालेका छन्।

त्यसअघि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त टोलीले निरन्तर रूपमा अवरोध हटाउने तथा आयोजनाभित्र पुग्ने वैकल्पिक मार्ग खोल्ने प्रयास गरिरहेको थियो। कठिन भूगोल, बाढीले थुपारेको लेदो र भग्नावशेष तथा सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका कारण उद्धार जटिल बनेको बताइएको छ।

भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षेत्रमा कार्यरत दर्जनौँ व्यक्ति फसेका थिए। उनीहरूको अवस्थालाई लिएर परिवार तथा आफन्तमा चिन्ता बढिरहेका बेला सञ्चारमन्त्रीको पछिल्लो संकेतले सकुशल उद्धार हुने आशा जगाएको छ।

सरकारले भने प्राविधिक टोली फसेका मानिसहरूसम्म नपुगेसम्म उनीहरूको वास्तविक अवस्था तथा उद्धार सम्पन्न हुने समयबारे ठोस जानकारी सार्वजनिक गरेको छैन। मन्त्री तिमिल्सिनाको स्टाटसअनुसार अहिलेको पहिलो लक्ष्य अवरुद्ध भागमा ‘ब्रेकथ्रु’ गर्दै उद्धार टोलीलाई भित्र प्रवेश गराउनु हो।

अब सबैको ध्यान संयुक्त उद्धार टोलीले अवरोध छिचोलेर फसेका मानिससम्म कहिले पुग्छ र उनीहरूलाई सकुशल बाहिर निकाल्न सक्छ कि सक्दैन भन्नेमा केन्द्रित भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.