बुधबार, आश्विन ७,२०८३ 02:55:34
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 02:55:34
Bizshala
Global IME Bank Limited

त्रिशूली ३ ‘ए’ सुरुङमा बोलाउँदा भित्रबाट आएन प्रतिक्रिया, उद्धारका लागि ब्लास्टिङसम्मको तयारी

त्रिशूली ३ ‘ए’ सुरुङमा बोलाउँदा भित्रबाट आएन प्रतिक्रिया, उद्धारका लागि ब्लास्टिङसम्मको तयारी
New Office

काठमाडौं। नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको अवस्था अझै अज्ञात छ। सुरुङको मुख्य भागमा प्वाल बनाएर उद्धारकर्मीले भित्र बोलाउँदा कुनै प्रतिक्रिया प्राप्त नभएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

उद्धार टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’सम्म पुगेको थियो। त्यहाँ करिब २×३ फिटको प्वाल बनाएपछि उद्धारकर्मी डोरीको सहायताले र्‍यापेल गर्दै तल झरेका थिए। उनीहरूले सुरुङभित्र फसेकाहरूलाई आवाज दिएर सम्पर्क गर्ने प्रयास गरे पनि भित्रबाट कुनै जवाफ नआएको दाहालले उल्लेख गरेकी छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भित्रबाट प्रतिक्रिया नआएपछि फसेकाहरूको अवस्थालाई लिएर चिन्ता थपिएको छ। यद्यपि, सम्पर्क हुन नसक्नुलाई मात्रै आधार बनाएर उनीहरूको अवस्थाबारे निष्कर्ष निकाल्न नसकिने भएकाले उद्धार टोलीले अभियानलाई थप तीव्र बनाएको छ।

सुरुङभित्र प्रवेश गर्न मिल्ने गरी प्वाल फराकिलो पार्ने काम भइरहेको छ। त्यसका लागि ठूला उपकरण परिचालन गरिएको छ भने आवश्यक परे नेपाली सेनाका इन्जिनियरहरूद्वारा नियन्त्रित ब्लास्टिङ गर्नेसम्मको तयारी अघि बढाइएको छ।

उद्धारस्थलमा तीनवटै सुरक्षा निकायका कुल ९० जना परिचालित छन्। नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना उद्धार अभियानमा खटिएका हुन्।

क्षतिग्रस्त संरचना, सुरुङभित्रको अनिश्चित अवस्था र जोखिमपूर्ण कार्यस्थलका कारण उद्धार चुनौतीपूर्ण बनेको छ। कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले प्वाल फराकिलो पार्ने, सुरक्षित प्रवेशमार्ग बनाउने र सुरुङभित्र पुग्ने प्रयास अहोरात्र जारी राखेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.