Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 11:06:59
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्थाबारे ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै ऊर्जा मन्त्रालय

भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्थाबारे ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै ऊर्जा मन्त्रालय
New Office

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार, राहत र पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण थालेको छ।

उर्जामन्त्री विराजभक्त श्रेष्ठले आइतबार बसेको उच्चस्तरीय व्यवस्थापन संयन्त्रको बैठकमा प्रभावित क्षेत्रको पछिल्लो अवस्था तत्काल प्राप्त हुने गरी सूचना प्रणाली निर्माण गर्न निर्देशन दिएका हुन्।

यसअघि मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो। अब भने मन्त्रालयअन्तर्गतका प्रभावित जलविद्युत् आयोजना तथा आयोजनास्थलमा भइरहेको कामको वास्तविक समयको विवरण संकलन, अभिलेख र अनुगमन गर्न आफ्नै प्रणाली सञ्चालनमा ल्याउन लागेको हो।

Bizshala
CG Motors

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रणालीमार्फत बाढी प्रभावित १६ जलविद्युत् आयोजनामा सुरुङभित्र तथा बाहिर रहेका श्रमिक र कर्मचारीको अवस्था, उद्धारको प्रगति, आवश्यक सामग्रीको परिचालन, सम्बन्धित निकायबीचको समन्वय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञको सहभागितासम्बन्धी विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ।

शाक्यका अनुसार कुन आयोजनामा कति व्यक्ति फसेका छन्, सुरुङभित्र र बाहिर कति जना छन्, कहाँ–कहाँ उद्धार अभियान सञ्चालन भइरहेको छ, कति जनाको उद्धार भइसकेको छ तथा सुरुङभित्र उद्धारका लागि भइरहेका प्रयासलगायतका विवरण प्रणालीमा समेटिनेछ।

त्यस्तै, उद्धार तथा राहतका लागि आवश्यक सामग्री कहाँबाट परिचालन भइरहेको छ, बाटोमा छ वा आयोजनास्थलमा पुगिसकेको छ भन्ने विवरणसमेत प्रणालीमार्फत निगरानी गरिनेछ। आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई समेत उद्धार तथा व्यवस्थापन प्रक्रियामा जोड्ने संयन्त्र विकास गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढी आएको पहिलो दिनदेखि पाँचौँ तथा छैटौँ दिनसम्म भएका खोज, उद्धार तथा अन्य गतिविधिको समयक्रमसहित अभिलेख राख्ने कामसमेत गरिरहेको जनाएको छ।

यसले प्रभावित आयोजनाको वास्तविक अवस्था पहिचान गर्न, उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्न र आगामी पुनर्निर्माणको योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार भोटेकोशी बाढीका कारण ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमतामा असर परेको छ। यो नेपालको कुल विद्युत् आपूर्तिको करिब १० प्रतिशत हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.