आईतवार, कार्तिक १,२०८३ 09:07:45
  • आईतवार, कार्तिक १,२०८३ 09:07:45
Global IME Bank Limited

बजारको पहिरो रोकिएन, लगानीकर्ताले भने-‘केही दिन सेयर बजार बन्द गरिदिऔँ’

Bizshala
बजारको पहिरो रोकिएन, लगानीकर्ताले भने-‘केही दिन सेयर बजार बन्द गरिदिऔँ’
New Office

काठमाण्डौ । भोटेकोशीमा आएको बाढीपहिरो र त्यसको प्रभावका कारण सेयर बजारमा निरन्तर गिरावट आएपछि केही लगानीकर्ताले केही दिनका लागि बजार बन्द गर्नुपर्ने माग अघि सारेका छन् ।

सेयर लगानीकर्ता सुरज खड्काले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीलाई लक्षित गर्दै केही दिनका लागि सेयर बजार बन्द गरी परिस्थिति सामान्य भएपछि मात्रै पुनः सञ्चालन गर्न सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थमन्त्रीज्यू, केही दिनलाई मार्केट बन्द गरिदिऔँ, यो सेयर मार्केटको स्थिति साम्य भएपछि फेरि खोलौँला ।’ उनले विपद्को समयमा बजार निरन्तर घटिरहँदा लगानीकर्ता र अर्थतन्त्र दुवै प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

खड्काको उक्त धारणा सामाजिक सञ्जालमा आएपछि नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेले समेत सहमति जनाएका छन् । संघका उपाध्यक्ष कमलराज अधिकारीले पनि पछिल्लो अवस्थाबाट लगानीकर्ता प्रभावित भइरहेकाले बजारलाई स्थिर बनाउन लगानीकर्ताकै तर्फबाट समेत पहल आवश्यक रहेको धारणा राखेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, लगानीकर्ता राजु शर्माले राष्ट्रिय विपद्को अवस्थामा समेत नेपाल धितोपत्र बोर्डले बजार बन्द नगरेको भन्दै प्रश्न गरेका छन् । उनले विपद्का कारण देशको ठूलो जनशक्ति उद्धार तथा राहतमा केन्द्रित भएको अवस्थामा सेयर बजार खुला राख्दा लगानीकर्तालाई थप मानसिक दबाब परेको तर्क गरेका छन् ।  

अर्का लगानीकर्ता रामहरी चुहानले पनि अहिले अधिकांश मानिस भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा केन्द्रित भएकाले सेयर बजारमा देखिएको ‘पहिरो’प्रति पर्याप्त ध्यान जान नसकेको टिप्पणी गरेका छन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि त्यसको सम्भावित वित्तीय प्रभाव, बीमा दाबी तथा लगानीकर्ताको मनोबलमा परेको असरका कारण पछिल्लो समय सेयर बजारमा दबाब बढेको छ । विशेषगरी जलविद्युत् तथा बीमा समूहका कम्पनीमा बिक्री चाप देखिँदा बजारप्रति लगानीकर्ताको चिन्ता थप बढेको छ ।

बजारको पछिल्लो अवस्थालाई लिएर केही लगानीकर्ताले अस्थायी रूपमा कारोबार रोक्नुपर्ने धारणा राखिरहेका छन् भने बजार बन्द गर्नु समस्याको समाधान नभएको भन्दै बजारलाई नियमित रूपमा सञ्चालन गरी नीतिगत तथा संरचनागत उपायबाट स्थिरता कायम गर्नुपर्ने मत पनि छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.