काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आगामी बुधबार बस्ने भएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन्।
यसअघि भदौ ११ गते बसेको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो। सचिवालयले अब प्रतिनिधि सभाको बैठक भदौ १७ गते बुधबार दिउँसो १ बजे बस्ने जनाएको छ।
बैठकको मिति र समय निर्धारण गरिएको जानकारी गराउँदै सचिवालयले प्रतिनिधि सभा सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशित गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।