मंगलवार, भाद्र १६,२०८३ 06:39:00
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 06:39:00
Bizshala
Global IME Bank Limited

हंस बहुउद्देश्यीय सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार सहयोग

हंस बहुउद्देश्यीय सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार सहयोग
New Office

काठमाण्डौ । लाङटाङ लिरुङ हिमालमा भएको हिमनदी पतन (ग्लेसियर कोल्याप्स) का कारण भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र लेदो बहावबाट प्रभावित नागरिकहरूको राहत एवं उद्धार कार्यमा सहयोग पुर्याउन भरतपुर–१, शहीदचोक, नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ३ लाख २३ हजार ४ सय ५६ सहयोग गरेको छ।

संस्थाको सञ्चालक समितिको भदौ १५ गते बसेको ३६२ औं बैठकको निर्णयबमोजिम सो रकम भदौ १६ गते बैङ्किङ प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तोकिएको खातामा जम्मा गरिएको संस्थाले जनाएको छ।

‘विपद्‌को घडीमा समुदायसँगै उभिनु सहकारीको मूल मर्म हो,’ संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले भने, ‘यो रकम कुनै एक व्यक्ति वा कोषबाट मात्र होइन, पदाधिकारी र कर्मचारी सबैको स्वेच्छिक सहभागिताबाट जुटेको हो।’ यस वर्ष तीजलगायत पर्वका कार्यक्रम खर्च कटौती गरी सोही रकम राहतमा लगाउने निर्णय गरिएको र यो सहयोग रकम मात्र नभई प्रभावित परिवारप्रतिको अपनत्वको अभिव्यक्ति भएको समेत उनले बताए।

विसं २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रस्थित लाङटाङ लिरुङ हिमालमा भएको हिमनदी पतनपछि आएको विनासकारी  बाढीले रसुवालगायत आसपासका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्याएको थियो। सो विपद्‌मा नौ सयभन्दा बढी नागरिकको ज्यान गुमेको र हजारौँ मानिस बेपत्ता भएका छन् भने रसुवागढी नाका, स्थानीय बस्ती तथा महत्वपूर्ण जलविद्युत् आयोजनाहरूमा समेत व्यापक क्षति पुगेको छ। विसं २०७२ सालको महाभूकम्पपछिको सबैभन्दा घातक प्राकृतिक विपद्‌का रूपमा यसलाई लिइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सहयोग रकम संस्थाभित्रकै सहभागिता र कोष विनियोजनबाट जुटाइएको हो। संस्थाका २४ जना कर्मचारीको एक दिनको तलब बापत रु. ३० हजार ३ सय ८१, सञ्चालक समितिका ११ जना पदाधिकारीको तीन बैठकको भत्ता बापत रु. ५६ हजार १ सय, लेखा तथा सुपरिवेक्षण समितिका तीन जनाको एक बैठकको भत्ता बापत रु. ५ हजार १ सय र विभिन्न उपसमितिका २५ पदाधिकारीको एक(एक बैठकको भत्ता बापत रु. ३१ हजार ८ सय ७५ गरी रु। १ लाख २३ हजार ४ सय ५६ सङ्कलन भएको छ। यसमा संस्थाको सामुदायिक विकास कोषबाट रु। एक लाख र तीज तथा पर्व कार्यक्रमको खर्च कटौती गरी थप रु. एक लाख जोडिएको छ।

‘तलब र बैठक भत्ताबाट कट्टी हुने रकममा प्रचलित कानुनबमोजिम १५ प्रतिशत अग्रिम कर कट्टी गरी खुद रकम मात्र कोषमा जम्मा गरिएको हो,’ संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले जानकारी दिए, ‘रकम बैङ्किङ प्रणालीमार्फत जम्मा गरी भरपाईसहितको प्रतिवेदन सञ्चालक समितिमा पेस गरिनेछ।’ सोही विवरण संस्थाको वार्षिक प्रतिवेदनमार्फत सदस्यहरूसमक्ष समेत सार्वजनिक गरिने उनले बताए।

‘बचत तथा ऋण र बहुउद्देश्यीय व्यवसायका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्नु हाम्रो नियमित कार्यक्रम हो,’ अध्यक्ष चुकेले भने। संस्थाले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने उनको भनाइ छ।

संस्थाले आगामी दिनमा प्रभावित क्षेत्रका सहकारी संस्थाहरूसँग समन्वय गरी दिगो पुनर्स्थापनाका कार्यक्रममा समेत सहकार्य गर्ने जनाएको छ। साथै आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई आ(आफ्नो सामर्थ्यअनुसार राहत प्रयासमा सहभागी हुन संस्थाले आह्वान गरेको छ।

भरतपुर–१, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले टाँडी, विजयनगर र जीतपुर गरी तीन सेवा केन्द्रमार्फत बचत तथा ऋणलगायत बहुउद्देश्यीय सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले व्यावसायिक सेवाका साथसाथै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.