शुक्रबार, श्रावण २२,२०८३ 09:55:16
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 09:55:16
Bizshala
Global IME Bank Limited

भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
New Office

काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै मन्त्री चौधरीले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिएकी हुन् ।  

चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिइन् ।  

‘यहाँ रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला’, मन्त्री चौधरीले परिषद्का कर्मचारीलाई निर्देशन दिइन् ।  

चौधरीले भृकुटीमण्डपको पार्क, उद्यान लगायतका क्षेत्रको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भाडा नतिर्नेहरूसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउन समेत निर्देशन दिएकी छन् ।  

त्यस अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचनाहरू व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.