बुधबार, भाद्र १७,२०८३ 02:50:50
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 02:50:50
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी जम्मा, १५ पालिकालाई ६.७५ करोड निकासा

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी जम्मा, १५ पालिकालाई ६.७५ करोड निकासा
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री दैवी उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले परिचालन गरेको स्रोत र बजेटको विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

प्राधिकरणलाई उपलब्ध गराइएको उक्त रकममध्ये हालसम्म बाढी प्रभावित विभिन्न १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए।

स्थानीय तहलाई सिधै बजेट उपलब्ध गराएर तत्काल राहत, पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका कामलाई गति दिने प्रयास गरिएको उनको भनाइ छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण, अस्थायी बसोबास र क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापनाको काम जारी छ।

प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी नागरिकको जिउधनको सुरक्षा र प्रभावित समुदायको पुनर्स्थापनामा सरकार प्रतिबद्ध रहेको बताए।

उनले प्रभावित स्थानीय तहमा आवश्यकताका आधारमा थप स्रोत परिचालन गर्दै जाने संकेतसमेत गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.