बुधबार, भाद्र १७,२०८३ 04:43:41
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 04:43:41
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थाबारे मन्त्री मेहताको स्थलगत अनुगमन

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थाबारे मन्त्री मेहताको स्थलगत अनुगमन
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज नुवाकोटको विदुर आसपासका विभिन्न क्षेत्रको अनुगमन गरेकी छिन् ।  

अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय लगायतका सेल्टर पुगेर अवस्थाको जानकारी लिएकी छिन् ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उनले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत भेट गरी पछिल्लो अवस्थाबारे जानकारी लिएकी हुन् ।  

यस क्रममा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, स्वास्थ्यकर्मी परिचालन गर्ने तथा विपद्पछिको सम्भावित सरुवा रोग र अन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक काम भइरहेको उनले बताईन् ।

साथै, मनोपरामर्शदातामार्फत प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थालाई समेत सम्बोधन गर्दै हरेक सेल्टरमा मानसिक आवश्यक काउन्सिलिङ र उपचार समेत भइरहेको छ 

विपद्को परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.