राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानूनबमोजिम कारबाही गरिने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र...

