• शनिबार, भाद्र २८,२०८२ 06:15:13
Global IME Bank Limited

एनआइबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा ४७ करोड लगानी, सर्वाधिक नेको इन्स्योरेन्समा

Hyundai Nepal
एनआइबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा ४७ करोड लगानी, सर्वाधिक नेको इन्स्योरेन्समा

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सेयरबजारमा सर्वाधिक लगानी रहेको एनआईबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा मात्रै ४७ करोड भन्दा बढी लगानी रहेको छ ।  

चालु आवको चैत मसान्तसम्ममा फण्डको सूचीकृत सेयरमा लगानी १ अर्ब ७२ करोड १ लाख रुपैयाँ रहेको छ । फण्डले बीमा कम्पनीहरुको सेयरमा मात्रै सो अवधिसम्म ४७ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । यसर्थ फण्डको बीमा कम्पनीको सेयरमा मात्रै २७.४२ प्रतिशत लगानी रहेको छ ।  

फागुन महिनाको तुलनामा बीमा कम्पनीमा गरेको लगानी समेत ३.३८ प्रतिशतले वृद्धि भएको छ । फागुन महिनामा फण्डको बीमा कम्पनीहरुमा ४५ करोड ६४ लाख रुपैयाँ लगानी रहेको थियो ।  

फण्डले चैत महिनामा ८ वटा जीवन बीमा कम्पनी, ७ निर्जीवन बीमा र दुई पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेको छ । फण्डको सर्वाधिक नेको इन्स्योरेन्समा लगानी रहेको छ । नेको इन्स्योरेन्सको सेयरमा मात्रै फण्डको ६ करोड ९८ लाख रुपैयाँ लगानी छ ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको सेयरमा ४ करोड ७५ लाख, नेपाल रि को सेयरमा ४ करोड १८ लाख, सिद्धार्थ प्रिमियरको सेयरमा ३ करोड ४८ लाख रुपैयाँ, एलआइसी नेपालको सेयरमा ३ करोड ३६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमा ३ करोड २१ लाख, एशियन लाइफको सेयरमा ३ करोड ४ लाख रुपैयाँ र सुर्यज्योति लाइफको सेयरमा २ करोड ८३ लाख रुपैयाँ लगानी रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आइएमई लाइफको सेयरमा लगानी वृद्धि 

फागुन महिनाको तुलनामा चैतमा एनआइबीएल सहभागिता फण्डको बीमा कम्पनीहरुमा लगानी ३.३८ प्रतिशतले बृद्धि भएको छ । लगानी रहेको १७ वटा बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीमा गरेको लगानीको मूल्यांकन रकम वृद्धि भएको छ भने ९ वटाको घटेको छ ।  

सर्वाधिक लगानी बृद्धि हुने कम्पनीमा आइएमई लाइफ रहेको छ । फागुनमा सो कम्पनीको सेयरमा लगानी ६९ लाख ९३ हजार रुपैयाँ रहेकोमा चैत महिनामा १४८.८० प्रतिशतले बृद्धि भएर १ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सको पनि ११०.१४ प्रतिशतले वृद्धि भएको छ । फागुनमा सो कम्पनीको सेयरमा लगानी ६३ लाख रुपैयाँ रहेकोमा चैतमा बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।  

यसका साथै रिलाबयल नेपाल लाइफको ५८.२८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३६.२८ प्रतिशत, हिमालयन लाइफको २८.५४ प्रतिशत, सूर्यज्योति लाइफको ६.०९ प्रतिशत, एशियन लाइफको २.८५ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.०३ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमा गरेको लगानी ८.०३ प्रतिशतले घटेको छ । फागुनमा सो कम्पनीको सेयरमा ३ करोड ४९ लाख रुपैयाँ रहेको लगानी घटेर ३ करोड २१ लाख रुपैयाँ पुगेको छ । 

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.