शुक्रबार, भाद्र १९,२०८३ 03:51:45
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 03:51:45
Bizshala
Global IME Bank Limited

बाढीपीडितका लागि ह्याप्पी इनर्जीले दियो रु.२० लाख

बाढीपीडितका लागि ह्याप्पी इनर्जीले दियो रु.२० लाख
New Office

काठमाण्डौ । ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो ।

शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।  मन्त्री श्रेष्ठले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए ।  

मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको उल्लेख गरे । उनले विपद्को यस कठिन घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.