काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परी मृत्यु भएका २४४ जनाको शव हालसम्म शिक्षण अस्पतालमा ल्याइएको हो।
अस्पतालमा ल्याइएका शवमध्ये १६१ वटाको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ वटा शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा. चौधरीले जानकारी दिए।
हाल ५९ वटा शव अस्पतालमै रहेको अस्पतालले जनाएको छ। तीमध्ये केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले आवश्यक प्रक्रिया पूरा गरेपछि व्यवस्थापन गरिने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।