काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।
असोज–कात्तिकलाई नेपाली सेयर बजारमा लाभांश सिजनका रूपमा हेरिने भएकाले पछिल्लो समय विभिन्न कम्पनीले लाभांश प्रस्ताव सार्वजनिक गर्न थालेका हुन् ।
लाभांश घोषणा गर्ने कम्पनीमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य देखिएको छ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश रहेको छ ।
हालसम्म ८ बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । जसमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र आइसीएफसी फाइनान्स रहेका छन् ।
त्यस्तै, दुई कम्पनीमा भने हाइड्रो रहेका छन् । सुपर मादी हाइड्रो र माण्डू हाइड्रो रहेका छन् ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।