आईतवार, कार्तिक ८,२०८३ 02:20:01
  • आईतवार, कार्तिक ८,२०८३ 02:20:01
Global IME Bank Limited

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेलको स्थलगत अवलोकन

नुवाकोटमा सुरक्षा निकाय र सरोकारवालासँग ब्रिफिङ लिएर रसुवातर्फ प्रस्थान

Bizshala
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेलको स्थलगत अवलोकन
New Office

 

काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, जारी खोज तथा उद्धार, राहत वितरण र पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।

स्थलगत अवलोकनका क्रममा राष्ट्रपति पौडेल नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र पुगेका थिए। त्यहाँ उनले जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग बाढीपछिको अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपतिलाई प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियान, राहत सामग्रीको वितरण, विस्थापितका लागि सञ्चालन गरिएका होल्डिङ सेन्टर तथा पुनरुत्थानका लागि भइरहेका कामबारे विस्तृत ब्रिफिङ गरिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाबारे जानकारी लिएका हुन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोटमा स्थलगत अवलोकन तथा ब्रिफिङ सम्पन्न गरेपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्।

रसुवामा समेत उनले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्थानीय प्रशासन, विभिन्न सरकारी संयन्त्र तथा स्वयंसेवकहरू खोजी, उद्धार र राहत कार्यमा परिचालित छन्। राष्ट्रपति पौडेलको भ्रमणलाई विपद्पछि राज्यको उच्च तहबाट प्रभावित क्षेत्रको अवस्था बुझ्ने र पीडितको पुनर्स्थापनामा चासो देखाउने कदमका रूपमा हेरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.