सोमबार, भाद्र २२,२०८३ 05:10:39
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 05:10:39
Bizshala
Global IME Bank Limited

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने

भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी, १० सदस्यीय टोलीको नेतृत्व गर्ने

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने भएका छन्।

प्रधानमन्त्री शाहले न्यूयोर्कमा हुने महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी छोटो भ्रमण सकेर असोज ९ गते स्वदेश फर्किने तय भएको छ।

यसपटक प्रधानमन्त्रीको सम्बोधनमा भोटेकोशी बाढीपछि नेपालले भोगेको ठूलो मानवीय तथा भौतिक क्षति र त्यससँग जोडिएको जलवायु परिवर्तनको प्रभाव प्रमुख विषय बन्ने भएको छ।

सरकारले पछिल्लो विपद्लाई जलवायु संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम र नेपालले भोगिरहेको असमान क्षतिको विषय प्रधानमन्त्रीले राष्ट्रसंघको मञ्चमा उठाउने बताइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने तय भएको थियो। तर भोटेकोशी बाढीपछि उत्पन्न परिस्थिति र जलवायु परिवर्तनको मुद्दालाई उच्च राजनीतिक तहबाट उठाउने उद्देश्यले प्रधानमन्त्री शाह स्वयं न्यूयोर्क जाने निर्णयमा पुगेका हुन्।

प्रधानमन्त्री शाहले नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। भ्रमण टोलीमा बढीमा १० जनासम्म रहने तयारी छ।

पछिल्लो बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले जलवायु न्याय, हिमाली क्षेत्रको संवेदनशीलता र विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणलाई यही सन्दर्भमा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर विश्व समुदायसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.