सोमबार, भाद्र २२,२०८३ 06:54:37
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 06:54:37
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम, ४ लाखभन्दा बढी रकम संकलन

भोटेकोशी बाढीपीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम, ४ लाखभन्दा बढी रकम संकलन
New Office

 

काठमाण्डौ । हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको छ। पीआरभी इन्टरटेनमेन्टको आयोजना तथा एक्सिस ब्यान्डको सहकार्यमा त्रिसरा रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो।

२०२६ अगस्ट २६ मा रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीले मानवीय क्षतिसँगै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत र सहयोगको आवश्यकता रहेको अवस्थामा सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

संगीतमार्फत समुदाय, व्यवसायी, अतिथि तथा शुभेच्छुकलाई एकै ठाउँमा जोड्दै आयोजना गरिएको कार्यक्रममा रु. ४ लाख ९ हजार ६३७ रकम संकलन भएको छ। आयोजकका अनुसार उक्त रकममा कार्यक्रमका लागि बिक्री भएका टिकटबाट प्राप्त रकमसँगै विभिन्न संघसंस्था तथा व्यवसायीबाट प्राप्त सहयोगसमेत समावेश छ।

संकलित सम्पूर्ण रकम भोटेकोशी राहत कोषलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र सहयोगमा उपयोग गरिनेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रमलाई सफल बनाउन Himalayan Productions, Roteping Entertainment, Wawa’s, Liqui Moly, Paudel Enterprises, Rotary Club of Vision Kathmandu, Fonepoints, Doko Tours, Samara Traders Enterprises, Live Solution, eSewa, Legendary Motors Hub तथा Anigraphy Studio – Photography & Videography लगायतले सहयोग गरेका थिए।

एक्सिस ब्यान्डको ऊर्जावान प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो। मनोरञ्जनसँगै मानवीय सहयोगको उद्देश्य जोडिएको यस कार्यक्रमले विपद्को कठिन परिस्थितिमा सामूहिक पहल र सामाजिक उत्तरदायित्वको महत्वसमेत उजागर गरेको आयोजकको भनाइ छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था, व्यवसायी, अतिथि, टिकट खरिदकर्ता, कलाकार, स्वयंसेवक, फोटोग्राफर तथा भिडियोग्राफरलगायत सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

आयोजकले आगामी दिनमा पनि विपद् तथा मानवीय संकटमा परेका व्यक्ति र समुदायलाई सहयोग गर्न सामूहिक ऐक्यबद्धता र सार्थक पहल जारी रहने विश्वास व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.