Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 07:04:06
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित रसुवामा डिश मिडिया नेटवर्क र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने

बाढी प्रभावित रसुवामा डिश मिडिया नेटवर्क र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण गत भदौ १० मा रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान– प्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष पहल अघि बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याटसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा भदौ २० देखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको छ । प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले यस पहलअन्तर्गत हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट स्याटेलाइट प्रविधि मार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ । 

यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता एवं राहत कार्यमा संलग्न विभिन्न सरोकारवालाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्नेछ ।

प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु प्रमुख प्राथमिकता भएको कम्पनीले जनाएको छ । 

यस्तो कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको समेत कम्पनीले उल्लेख गरेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.