काठमाण्डौ । राजधानीमा एलपी ग्यासको माग बढेपछि चितवनसहित आसपासका जिल्लामा रहेका ग्यास उद्योगले उत्पादन बढाएर भरिएका सिलिन्डर धमाधम काठमाण्डौ पठाउन थालेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक करिब १४ घण्टासम्म बोटलिङ सञ्चालन गरेर उपत्यकाको माग धान्ने प्रयास गरिरहेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासीको जानकी तथा धनुषाको नेपाल ग्यास र नारायणीले दैनिक दुई सिफ्टमा करिब १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन्। ती प्लान्टमा रहेका २४ वटा बोटलिङ उपकरणमार्फत एक मिनेटमा २४, मकवानपुरको साहरा तथा नवलपरासीको चन्डेश्वरी ग्यासले पनि बोटलिङ गरी सिलिन्डर उपत्यकातर्फ पठाइरहेका वटासम्म सिलिन्डर भर्ने क्षमता रहेको उनले जानकारी दिए।
त्यस्तै, धनुषाको नोबेल, बाराका वान ९एनएल०, जगदम्बा, लियो र अम्बर ग्यास, पर्साका सुप्पर र मनोज, मकवानपुरको साहरा तथा नवलपरासीको चन्डेश्वरी ग्यासले पनि बोटलिङ गरी सिलिन्डर उपत्यकातर्फ पठाइरहेका छन्। यी उद्योगले दैनिक करिब १० हजार सिलिन्डर भर्ने गरेका छन्।
उद्योगबाट भरिएका सिलिन्डरमध्ये करिब आधा स्थानीय बजारमा पठाउने र बाँकी काठमाडौं उपत्यकातर्फ पठाउने गरिएको छ। उपत्यकदेखि ग्यास बुलेट मगाउने, बोटलिङ गर्ने र बजारसम्म पुर्याउने कामलाई तीव्रताामा सामान्य अवस्थामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुने गरेकोमा अहिले माग बढेर करिब एक लाख सिलिन्डर पुगेको कालाखेतीले बताए।
बढेको माग पूरा गर्न उद्योगीहरूले ट्रक व्यवस्थापनदेखि ग्यास बुलेट मगाउने, बोटलिङ गर्ने र बजारसम्म पुर्याउने कामलाई तीव्रता दिएका छन्। बुधबार मात्रै विभिन्न उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर काठमाण्डौ पठाइएको थियो। यद्यपि, दैनिक पठाइने सिलिन्डरको संख्या केही तलमाथि हुने गरेको व्यवसाय, साँघुरो सडक, अत्यधिक सवारी चाप तथा बेलाबेलामा खस्ने पहिरोका कारण ग्यास ढुवानीमा समस्या अधिकतम क्षमतामा सञ्चालन गरिरहेका कारण राजधानीमा ग्यासको आपूर्ति सहज बनाउने प्रयास भइरहेको व्यवसायीहरूलेीहरूले बताएका छन्।
चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाण्डौ पठाउने गरिएको छ। तर, साँघुरो सडक, अत्यधिक सवारी चाप तथा बेलाबेलामा खस्ने पहिरोका कारण ग्यास ढुवानीमा समस्या भइरहेको व्यवसायीहरूको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।