काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक संगीता केसीको राजीनामा स्वीकृत भएको छ। कम्पनीको भदौ २६ गते बसेको ८८औँ सञ्चालक समिति बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएकी केसीको राजीनामा स्वीकृत गरेको हो।
कम्पनीका अनुसार केसीको राजीनामा भदौ २६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको छ।
केसी सर्वसाधारण सेयरधनीको प्रतिनिधिका रूपमा कम्पनीको सञ्चालक समितिमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।