मंगलवार, माघ ८,२०८१ 01:27:54
IME remit
  • मंगलवार, माघ ८,२०८१ 01:27:54
IME remit
Global IME Bank Limited

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा विशेष छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ,बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टीच्युट प्रालिमा विशेष छुट पाउने भएका छन् । यस विषयमा प्रभु बैंक लिमिटेड र अस्पतालबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच चिरायु नेशनल हस्पिटलका हस्पिटल डाइरेक्टर संजीव राज भण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेशनल हस्पिटल एण्ड मा पेश गर्नुपर्ने छ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेशनल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापीलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक चिरायु नेशनल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको जनाएको छ ।  

त्यसैगरी, प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.