शुक्रबार, श्रावण २२,२०८३ 10:22:14
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:22:14
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बालुवाटार ४, काठमाण्डौस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २८ गतेका दिन स्कुल व्याग वितरण गरेको हो ।  

बैंकले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कुल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको बैंकले जनाएको छ ।  

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.