मंगलवार, आश्विन ६,२०८३ 06:30:48
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 06:30:48
Bizshala
Global IME Bank Limited

अमेरिकाले सैन्य दबाब घटाए ७ दिनभित्र हर्मुज जलमार्ग खोल्ने इरानको संकेत

अमेरिकाले सैन्य दबाब घटाए ७ दिनभित्र हर्मुज जलमार्ग खोल्ने इरानको संकेत
New Office

काठमाण्डौ । इरानले अमेरिकाले सैन्य दबाब कम गर्दै इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाए सात दिनभित्र रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्न सक्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोयटर्स र जापानको क्योदो समाचार संस्थाले एक वरिष्ठ इरानी सरकारी अधिकारीलाई उद्धृत गर्दै तेहरानले हर्मुज जलमार्ग पुनः खोल्न आवश्यक सर्तहरू अमेरिकासमक्ष राखेको उल्लेख गरेका छन्। यद्यपि, उक्त दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाइएको छ।

अमेरिका र इरानबीच करिब सात महिनादेखि जारी युद्धका बीच पुनः कूटनीतिक संवादको सम्भावना देखिएको हो। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने चेतावनी दिँदै आएको छ।

हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो। सामान्य अवस्थामा विश्वको कुल कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिको करिब २० प्रतिशत यही मार्ग हुँदै ओसारपसार हुने गर्छ।

हर्मुज जलमार्गमा उत्पन्न अवरोधले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा ठूलो दबाब सिर्जना गरेको छ। इरानले यसलाई पुनः खोल्ने सम्भावना सार्वजनिक गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा समेत गिरावट देखिएको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.६ प्रतिशत घटेर ९७.७३ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको थियो। त्यस्तै डब्लूटीआई क्रुड ३.१ प्रतिशत घटेर ९२।४० डलर प्रतिब्यारेलमा पुगेको जनाइएको छ।

अमेरिकी सेयर बजारका प्रमुख सूचकका फ्युचर्स भने समाचारपछि मिश्रित अवस्थामा कारोबार भएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इरानसँग सम्बन्धित पछिल्लो घटनाक्रम अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुअघि आएको हो। इरानमाथि युद्ध सुरु गर्ने निर्णयलाई लिएर अमेरिकाभित्रै दबाब बढिरहेको बताइएको छ।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने संकेत गर्दै इरानी विमान कम्पनीहरूलाई समेत लक्षित गर्ने चेतावनी दिएका थिए।

उनका अनुसार अमेरिकाले इरानलाई सहयोग गर्ने विश्वभरका आर्थिक तथा वित्तीय पक्षमाथि प्रतिबन्ध लगाएर तेहरानमाथि अभूतपूर्व दबाब सिर्जना गरिरहेको छ। अमेरिकी अर्थ मन्त्रालयले गत साता रुसको सरकारी स्वामित्वको भीटीबी बैंकमाथि समेत नयाँ प्रतिबन्ध घोषणा गरेको थियो।

यसैबीच, जी–७ राष्ट्रहरूले इरानसमर्थित हुथी विद्रोहीले यमन र साउदी अरबमाथि गर्दै आएका आक्रमण रोक्न आह्वान गरेका छन्।

जी–७ ले हुथी समूहका निरन्तर आक्रमणलाई अस्वीकार्य भन्दै सबै सैन्य गतिविधि तथा नागरिक पानीजहाजमाथिका आक्रमण रोक्न आग्रह गरेको छ। साथै, इरानलाई हुथी समूहलाई दिँदै आएको समर्थन अन्त्य गर्न पनि आह्वान गरिएको छ।

हुथी समूहले हालै साउदी अरबको राजधानी रियादमा रहेका केही ‘महत्वपूर्ण’ क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो। आक्रमणपछि राजधानीको विमानस्थल आसपास आगो र धुवाँ देखिएको बताइएको छ।

हुथी विद्रोहीले हालै लाल सागरमा रहेको पेरिम टापुसमेत नियन्त्रणमा लिएको बताइएको छ। यसले बाब अल–मन्देब जलडमरूमध्यमा उनीहरूको प्रभाव थप बढाएको छ।

हर्मुज जलमार्गसँगै बाब अल–मन्देब पनि विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मार्ग हो। हर्मुज जलमार्गमा अवरोध उत्पन्न हुँदा विशेषगरी साउदी अरबले आफ्नो ईस्ट–वेस्ट पाइपलाइनमार्फत केही तेल लाल सागर हुँदै निर्यात गर्न सक्ने वैकल्पिक व्यवस्था रहेको छ।

यसैबीच, बेलायतले इरानसमर्थित हुथी समूहबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न सहयोग गर्ने संकेत दिएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार रोयल एयर फोर्सले साउदी विमानलाई हावामै इन्धन भर्ने सहयोग उपलब्ध गराउनेछ। यो व्यवस्था केही साताका लागि हुने र परिस्थितिअनुसार पुनरावलोकन गरिने बताइएको छ।

यसअघि साउदी अरबले माग गरेको सैन्य सहयोग उपलब्ध गराउन अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेको र प्रस्तावित हवाई आक्रमणसमेत रद्द गरेको रिपोर्ट सार्वजनिक भएका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.