काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार बिहान भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय परिस्थितिका विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएको भोलिपल्टै वाग्ले राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका हुन्।
भेटमा भएको विस्तृत कुराकानीबारे भने राष्ट्रपतिको सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।