काठमाडौं । इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम एनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नु र युवा पुस्तालाई मौलिक कला, संस्कृति तथा परम्परासँग जोड्नु थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरिनुका साथै स्थानीय कला र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो।
एक्स्ट्रिम एनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व र समुदायसँगको सहभागितालाई सांस्कृतिक संरक्षणप्रतिको सामाजिक उत्तरदायित्वसँग जोड्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।