काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ। यससँगै गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको आधिकारिक लुब्रिकेन्ट पार्टनरका रूपमा निरन्तर रहने भएको छ।
नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेड (NLOL) र जनकपुर बोल्ट्सबीच झम्सिखेलस्थित द प्लाजामा आयोजित कार्यक्रममा साझेदारी नवीकरणसम्बन्धी सम्झौता भएको हो।
सोही अवसरमा जनकपुर बोल्ट्सको पहिचान र रंगलाई समेटेर तयार पारिएको Gulf Pride 4T Plus 20W-50 को Special Edition Pack समेत सार्वजनिक गरिएको छ।
सिजन ३ मा साझेदारी “Gulf Powered Bolts” अभियानअन्तर्गत सञ्चालन हुनेछ। यसमार्फत ब्रान्ड प्रचारमा मात्र सीमित नरही क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करणकुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सम्बन्ध प्रायोजनमा मात्र सीमित नरहेको बताउँदै सिजन ३ मा सहकार्यलाई अझ विस्तार गर्ने बताएका छन्।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि गल्फसँगको साझेदारी विश्वास र दीर्घकालीन सहकार्यमा आधारित रहेको उल्लेख गरेका छन्।
स्पेसल एडिसन दुई महिनासम्म बजारमा
जनकपुर बोल्ट्सको रंग र पहिचानमा तयार गरिएको Gulf Pride 4T Plus 20W-50 को Special Edition Pack सीमित संख्यामा बजारमा उपलब्ध हुनेछ।
यो प्याक २०८३ असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाल ल्युब आयलका डीजीएम–सेल्स एन्ड मार्केटिङ दिवाकर मिश्रका अनुसार स्पेसल एडिसनमार्फत गल्फको उत्पादन क्षमता र जनकपुर बोल्ट्सप्रतिको क्रिकेट क्रेजलाई एउटै अभियानमा जोड्ने प्रयास गरिएको हो।
कम्पनीले अभियान अवधिभर Special Edition Pack को सबैभन्दा बढी बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न Retailer Leaderboard कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।
साझेदारीलाई डिजिटल प्लेटफर्म, म्याच–डे गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत थप विस्तार गरिनेछ।
नेपाल प्रिमियर लिगको सिजन ३ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने तय भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।