आईतवार, आश्विन ११,२०८३ 11:15:54
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 11:15:54
Bizshala
Global IME Bank Limited

कर्णालीमा वर्षाको कहरः ६ जिल्लाका मुख्य सडक ठप्प

कर्णालीमा वर्षाको कहरः ६ जिल्लाका मुख्य सडक ठप्प
New Office

 

काठमाण्डौ । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडक प्रभावित हुँदा ती क्षेत्रमा यातायात सेवा प्रभावित बनेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडकमा पहिरो थुप्रिएपछि सवारी आवागमन रोकिएको हो।

सल्यानको कपुरकोट गाउँपालिका–१ को खारखोला तथा वडा नम्बर ३ र ४ अन्तर्गत पर्ने अरिङ्गाले क्षेत्रमा पहिरो खसेपछि राप्ती राजमार्गसमेत अवरुद्ध भएको छ।

यस्तै, जुम्लाको तातोपानी गाउँपालिका–१ राँकामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गतको जुम्ला–नाग्मा सडकखण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कर्णाली करिडोरका विभिन्न खण्डमा पनि अवरोध

वर्षाले कर्णाली करिडोरका विभिन्न सडकखण्डसमेत प्रभावित भएका छन्। हुम्लाको सर्केगाड गाउँपालिका–१ स्थित खच्चामा पहिरो र लेदो सडकमा खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडकमा ठूलो मात्रामा माटो र लेदो थुप्रिएका कारण सवारी सञ्चालनमा कठिनाइ भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ अन्तर्गत पर्ने पिना–ताल्चा सडकखण्डमा पनि पहिरो खसेको छ। त्यसका कारण नाग्मा–गमगढी सडकखण्ड अवरुद्ध भएको छ।

उक्त सडकखण्ड पनि कर्णाली करिडोरअन्तर्गत पर्ने भएकाले आवतजावतमा थप समस्या देखिएको छ।

जाजरकोटका विभिन्न सडकखण्डमा समेत निरन्तरको वर्षाका कारण यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो खस्ने, लेदो बग्ने र सडक कटान हुने क्रम बढेपछि यात्रु तथा सवारीसाधन समस्यामा परेका छन्।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार प्रभावित सडकको अवस्था बुझ्ने, जोखिम मूल्यांकन गर्ने र सकेसम्म छिटो यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.