आईतवार, आश्विन ११,२०८३ 06:47:42
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 06:47:43
Bizshala
Global IME Bank Limited

चोलेन्द्रलाई भेट्न नदिएकोमा मानव अधिकार आयोगको आपत्ति, प्रहरीमाथि छानबिन गर्न माग

चोलेन्द्रलाई भेट्न नदिएकोमा मानव अधिकार आयोगको आपत्ति, प्रहरीमाथि छानबिन गर्न माग
New Office

 

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अवस्थाबारे बुझ्न टेकुस्थित काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएको घटनाप्रति आयोगले गम्भीर आपत्ति जनाएको छ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै संवैधानिक तथा कानुनी अधिकार प्रयोग गरी अनुगमनका लागि पुगेको टोलीलाई रोकिएको भन्दै प्रहरीको व्यवहारप्रति खेद प्रकट गरेका हुन्।

आयोगको टोली आइतबार जबराको अवस्थाबारे जानकारी लिन अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर कार्यालयको गेटमा करिब ४५ मिनेटसम्म प्रतीक्षा गर्दा समेत जबरालाई भेट्न नदिइएपछि टोली फर्किएको थियो।

आयोगले प्रहरीको उक्त व्यवहार आफ्नो संवैधानिक तथा कानुनी अधिकारविपरीत रहेको जनाएको छ।

आयोगका अनुसार मानव अधिकारको अवस्था अनुगमन तथा नियन्त्रणमा रहेका व्यक्तिको अवस्थाबारे बुझ्नु उसको संवैधानिक तथा कानुनी दायित्व हो। यस्तो कार्यमै अवरोध सिर्जना गरिएको भन्दै आयोगले घटनाको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै आयोगले आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार मध्यरातपछि महाराजगञ्जस्थित निवासबाट प्रहरीले टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा ल्याएको थियो। प्रहरीले भने उनीमाथि सुरक्षा खतरा रहेको सूचनाका आधारमा सुरक्षित राख्न कार्यालय ल्याइएको दाबी गरेको छ।

यद्यपि जबरालाई नियन्त्रणमा लिनुको स्पष्ट कानुनी आधारबारे प्रहरीले सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको थिएन। यहीबीच उनलाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई समेत प्रवेश नदिइएपछि घटनाले थप प्रश्न खडा गरेको थियो।

पछि प्रहरीले जबरालाई परिवारको जिम्मा लगाएर कार्यालयबाट पठाएको छ।

आयोगले जबरालाई नियन्त्रणमा लिइएको घटनाप्रति समेत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.