बुधबार, आश्विन १४,२०८३ 11:29:15
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 11:29:15
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, वैकल्पिक व्यवस्थापनको तयारी

Bizshala
भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, वैकल्पिक व्यवस्थापनको तयारी
New Office

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। विद्युत् आपूर्ति प्रभावित भएपछि सरकारले वैकल्पिक व्यवस्थापनको तयारी थालेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत् अवरुद्ध हुँदा ती प्रसारण लाइनमा चाप परेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैकल्पिक आपूर्ति प्रणाली विकासका लागि नेपाल विद्युत् प्राधिकरणले ‘टास्क फोर्स’ बनाएर काम अघि बढाएको छ।

हिउँदको विद्युत् माग व्यवस्थापनलाई ध्यान दिँदै मन्त्रालय, प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरपालिकाबीच थप भूमिगत ग्रिड निर्माण तथा भूमिगत तार व्यवस्थापनबारे छलफल भएको छ। सडक विभाग र महानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्राधिकरणका सम्बन्धित अधिकारीहरूले काठमाडौँ उपत्यकाको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित गर्दै हिउँदे विद्युत् माग व्यवस्थापनमा सहकार्य गर्ने बताएका छन्। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदको विद्युत् चाप व्यवस्थापनका लागि सबै निकायबीच उच्चस्तरीय सहकार्य आवश्यक रहेको बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.