बिहीबार, कार्तिक ५,२०८३ 03:40:58
  • बिहीबार, कार्तिक ५,२०८३ 03:40:58
Global IME Bank Limited

टोयोटा ब्राण्डका खरीदमा एनआईसी एशियाले आकर्षक दरमा लोन दिने

Bizshala
टोयोटा ब्राण्डका खरीदमा एनआईसी एशियाले आकर्षक दरमा लोन दिने
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई टोयोटा ब्राण्डका विभिन्न सवारी साधनहरू खरिदमा आकर्षक ब्याजदरसहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट उपमहाप्रबन्धक रेखा शाह कार्कीले हस्ताक्षर गरे । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस समझदारी अनुसार ग्राहकले उक्त कम्पनीले बेच्दै आएका टोयोटा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याजदर सुविधा लिने चाहने ग्राहकले औसत आधारदरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् ।  

त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकहरुका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्छन् । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा २५ बेसिस प्वाइन्ट छुट, छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले मिलाएको छ ।  

बैंकले उपलब्ध गराएको यस सवारीसाधन कर्जा सुविधामार्फत ग्राहकहरुले टोयोटा ब्राण्डका उत्कृष्ट तथा लोकप्रिय गाडीहरु खरिद गर्न सक्नेछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.