बिहीबार, कार्तिक ५,२०८३ 02:33:14
  • बिहीबार, कार्तिक ५,२०८३ 02:33:14
Global IME Bank Limited

डिजेल निर्यात रोक्ने तयारीमा अमेरिका, युरोपसँग भण्डार खोल्न आग्रह

Bizshala
डिजेल निर्यात रोक्ने तयारीमा अमेरिका, युरोपसँग भण्डार खोल्न आग्रह
New Office

वासिङ्टन। अमेरिकामा डिजेलको अभाव देखिन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको संकेत दिएका छन्। उनले आवश्यक परे युरोपेली देशहरूसँग उनीहरूले सञ्चित गरेर राखेको डिजेलको केही हिस्सा बजारमा उपलब्ध गराउन आग्रह गर्न सकिने बताएका छन्।

ट्रम्पको यस्तो भनाइ अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले युरोपेली देशहरूलाई डिजेलको पर्याप्त भण्डार कायम राख्न र आवश्यकता परेको अवस्थामा त्यसलाई बजारमा ल्याउन आग्रह गरेपछि आएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बेसन्टले बढ्दो डिजेल मूल्यको भार अमेरिकी किसान, ट्रक चालक तथा व्यवसायीमाथि पर्न नहुने बताएका छन्।

इरानमा जारी युद्धका कारण ऊर्जा बजारमा मूल्य बढिरहेका बेला अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको हो। अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य र आपूर्तिको विषय मतदाताका लागि महत्त्वपूर्ण मुद्दा बनेको छ।

यसैबीच, बिहीबार बेलायतले सम्भावित निर्यात प्रतिबन्धको अवस्था उत्पन्न भएमा युरोपेली साझेदारहरूसँग मिलेर डिजेलको भण्डार बजारमा ल्याउने विषयमा छलफल गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिका विश्व बजारमा डिजेल आपूर्ति गर्ने प्रमुख देशमध्ये एक हो। उसले दैनिक करिब १२ लाखदेखि १५ लाख ब्यारेलसम्म डिजेल निर्यात गर्ने गरेको छ।

विशेषज्ञहरूले भने विदेशतर्फको डिजेल आपूर्तिमा प्रतिबन्ध लगाइएमा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति थप प्रभावित भई अन्य देशमा डिजेलको मूल्यमा थप दबाब पर्न सक्ने चेतावनी दिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.