बुधबार, फाल्गुन ६,२०८२ 05:14:19
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:14:19
Bizshala
Global IME Bank Limited

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान
Shivam Cement

काठमाण्डौ । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज्’ले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ ।  

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको जनाएको छ ।  

व्यवस्थित सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो हुनुका साथै सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।  

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौं । यस पहलले निःसन्देह यस क्षेत्रको सौन्दर्य र सुरक्षा बढाउनेछ । हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ । हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौं ।’ लामिछानेले भने ।  

त्यस्तै , वडानम्बर १६ का कार्यबाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे ।

नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनीले खुकुरी रम उत्पादन गर्छ । यसबाहेक कम्पनीले न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ । खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबई लगायतका विदेशमा समेत कम्पनीले निर्यात गरिरहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.