बिहीबार, आश्विन २२,२०८३ 04:46:32
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 04:46:32
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको ६ सामुदायिक विद्यालयलाई सहयोग, कम्प्युटरदेखि पानी शुद्धिकरण प्लान्टसम्म हस्तान्तरण

Bizshala
एनआईसी एशिया बैंकको ६ सामुदायिक विद्यालयलाई सहयोग, कम्प्युटरदेखि पानी शुद्धिकरण प्लान्टसम्म हस्तान्तरण
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका ६ वटा सामुदायिक विद्यालयलाई विभिन्न शैक्षिक तथा प्रविधिमूलक सामग्री सहयोग गरेको छ।

बैंकले विद्यार्थीको पठनपाठनलाई सहज बनाउने र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, झोला, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएको हो।

ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरस्थित श्री दमाइटार आधारभूत विद्यालयलाई बैंकले पानी शुद्धिकरण प्लान्ट र विद्यालय पोशाक हस्तान्तरण गरेको छ। विद्यालयमा ९९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। बैंकका काठमाडौं साउथ सर्कल हेड उज्ज्वल रिमाल, चापागाउँ शाखा प्रमुख तुलसी ढुंगाना र सीएसआर तथा फाइनान्सियल इन्क्लुजन इन्चार्ज ठाकुर श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमृतनाथ गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कालिकोटको नरहरीनाथ गाउँपालिका–६ स्थित श्री नन्दादेवी माध्यमिक विद्यालयलाई विद्यालय पोशाक, झोला र अन्य शैक्षिक सामग्री प्रदान गरिएको छ। ४७२ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापालाई बैंकका कालिकोट शाखा प्रमुख प्रकाश शाहीले सामग्री हस्तान्तरण गरेका थिए।

त्यस्तै, डोटीको शिखर नगरपालिका–५, तिजालीस्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयलाई झोला, एक थान प्रोजेक्टर र शैक्षिक सामग्री उपलब्ध गराइएको छ। ३०४ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका उपप्रधानाध्यापक सुरेन्द्र भट्टलाई बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले सामग्री हस्तान्तरण गरेका हुन्।

अछामको बान्नीगढी जयगढस्थित श्री नन्दा माध्यमिक विद्यालय र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पनि बैंकले प्रविधिमूलक सामग्री सहयोग गरेको छ। बैंकले प्रत्येक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको हो।

बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले श्री नन्दा माध्यमिक विद्यालयका उपप्रधानाध्यापक दयानन्द पन्त र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर सुनारलाई ती सामग्री हस्तान्तरण गरेका थिए।

गोरखा नगरपालिका–३, नरेश्वरस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई झोला र शैक्षिक सामग्री प्रदान गरिएको छ। १८५ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक गणेशराज सापकोटालाई बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र गोरखा शाखा प्रमुख दीपेन्द्र रेग्मीले संयुक्त रुपमा सामग्री हस्तान्तरण गरेका हुन्।

बैंकले विद्यालयलाई उपलब्ध गराइएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.