मंगलवार, आश्विन २७,२०८३ 03:43:27
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:43:27
Bizshala
Global IME Bank Limited

बाढीमा सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए जनही ५ लाख राहत

Bizshala
बाढीमा सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए जनही ५ लाख राहत
New Office

काठमाण्डौ । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ।

बाढीपछि प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कविहीन भएका थिए। तीमध्ये आवश्यक कागजातसहित निवेदन दिएका ६ कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई तत्काल राहतस्वरूप जनही ५ लाख रुपैयाँ तथा ६ महिनासम्म सम्बन्धित कर्मचारी कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सोही निर्णयअनुसार प्रमाणसहित निवेदन दिएका ६ हकवालालाई रकम प्रदान गरिएको हो। प्राधिकरणले राहत पाउन बाँकी अन्य हकवालालाई पनि आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ।

राहतका लागि सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने कागजात, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिस, बैंक खाता नम्बर तथा राहत उपलब्ध गराइदिन अनुरोधसहितको निवेदन पनि बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आफ्नो विनियमावली तथा सरकारले आगामी दिनमा घोषणा गर्ने राहत प्याकेजका आधारमा पीडित परिवारलाई थप सहयोगसमेत उपलब्ध गराइनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X