काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडलाई दीर्घकालीन ऋण दायित्वका लागि ‘ICRANP-IR] BB-’ रेटिङ प्रदान गरेको छ।
इक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रेटिङले कम्पनीको दीर्घकालीन वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
‘BB’ समूहभित्र पर्ने रेटिङलाई लगानी ग्रेडभन्दा तलको श्रेणी मानिन्छ। इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाएका निकायहरूमा समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामाथि तुलनात्मक रूपमा बढी अनिश्चितता रहन सक्छ।
कम्पनीले भने रेटिङलाई आफ्नो समग्र साखको अन्तिम मूल्याङ्कनका रूपमा नलिन आग्रह गरेको छ। इक्रा नेपालले रेटिङ कुनै पनि किसिमको लगानी सिफारिस नभई सम्बन्धित निकायको ऋण दायित्व पूरा गर्ने क्षमतासम्बन्धी स्वतन्त्र धारणा मात्र भएको स्पष्ट पारेको छ।
इक्रा नेपालले ‘+’ वा ‘–’ चिन्ह प्रयोग गरेर एउटै रेटिङ वर्गभित्र तुलनात्मक अवस्थासमेत जनाउने गरेको छ। ‘BB-’ ले सो समूहभित्र तल्लो तहको अवस्थालाई संकेत गर्छ।
इक्रा नेपालले हिम स्टार ऊर्जा कम्पनीको वित्तीय अवस्था, ऋण दायित्व, आम्दानीको संरचना, सञ्चालन अवस्था तथा सम्बन्धित जोखिमको मूल्याङ्कनका आधारमा उक्त रेटिङ दिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।