काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णयअनुसार साधारणसभा कात्तिक १८ गते बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा दिउँसो १ बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने तथा सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ। सभाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी गरिएका निर्णय तथा कार्यहरू अनुमोदन गर्नेछ।
साधारणसभामा कम्पनीको सेयर पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत पेस हुनेछ। साथै, कम्पनीको जारी पुँजीको २० प्रतिशतसम्म सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जारी गर्ने तथा त्यसको उपयोग गर्ने सम्बन्धमा पनि निर्णय गरिने कम्पनीले जनाएको छ। आईपीओ निष्कासन तथा पुँजी वृद्धिका लागि आवश्यक पर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।