बुधबार, आश्विन २८,२०८३ 06:44:18
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:44:18
Bizshala
Global IME Bank Limited

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ बन्यो हाइअर

Bizshala
लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ बन्यो हाइअर
New Office

 

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’का रूपमा बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हाइअर स्मार्ट होम जोडिएको छ।

एनपीएलको तेस्रो संस्करणका लागि भएको साझेदारीसम्बन्धी सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हाइअर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार एनपीएलको आगामी संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा हाइअरको लोगो रहनेछ।

सम्झौतापछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हाइअरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यले लुम्बिनी लायन्ससँगै एनपीएलको प्रतिष्ठा अभिवृद्धिमा पनि सहयोग पुग्ने बताए।

उनले अन्तर्राष्ट्रिय ब्रान्डहरू फ्रेन्चाइज टोलीसँग जोडिँदा प्रतियोगिताको व्यावसायिकता र ब्रान्ड भ्यालु थप बलियो हुने विश्वास व्यक्त गरे।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

हाइअरका उपाध्यक्ष झाले लुम्बिनी लायन्ससँगको साझेदारीले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। विश्वव्यापी रूपमा स्थापित हाइअर र एनपीएलको अग्रणी टोलीमध्ये एक लुम्बिनी लायन्सबीचको सहकार्यबाट दुवै पक्ष लाभान्वित हुने उनको भनाइ छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, तिलकराज भण्डारी, दिनेश अधिकारी, अभिषेक गौतम, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहानलगायत खेलाडी छन्।

विदेशी खेलाडीतर्फ अस्ट्रेलियाका ओपनिङ ब्याटर डी आर्सी सर्ट, नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालगायत टोलीमा आबद्ध छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.