काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मौसम मख्यतया सफा रहने छ।
महाशाखाका अनुसार देशको हिमाली भू–भागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।