सोमबार, कार्तिक ९,२०८३ 11:48:50
  • सोमबार, कार्तिक ९,२०८३ 11:48:50
Global IME Bank Limited

कारका चारै ढोकामा ‘फल्स बटम’ , १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ

Bizshala
कारका चारै ढोकामा ‘फल्स बटम’ , १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ
New Office

 

काठमाण्डौ । भारतको रक्सोलबाट काठमाण्डौ आउँदै गरेको कारका चारवटै ढोकाभित्र लुकाइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु प्रहरीले बरामद गरेको छ। उक्त धातुसहित कारमा सवार एकै परिवारका चार जना पक्राउ परेका छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक आइतबार दिउँसो कार जाँच गर्ने क्रममा लुकाएर ल्याइएको धातु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको नेतृत्वमा खटिएको टोलीले दिउँसो सवा ३ बजे बा २ च ७०७९ नम्बरको कार जाँच गरेको थियो। त्यस क्रममा कारका चारवटै ढोकाको भित्री भागमा ‘फल्स बटम’ बनाएर धातु लुकाइएको भेटिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी करिब २० वर्षीया नन्दनी कुमारी साह छन्।

प्रहरीले बरामद वस्तुलाई चाँदीजस्तो देखिने सेतो धातु भनेको छ। बरामदपछि तौल गर्दा उक्त धातु १४ किलो १८० ग्राम रहेको पाइएको हो।

बरामद धातुसहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.