सोमबार, कार्तिक ९,२०८३ 01:41:21
  • सोमबार, कार्तिक ९,२०८३ 01:41:21
Global IME Bank Limited

क्रिकेटको जोशमा संगीतको ऊर्जा, ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक

Bizshala
क्रिकेटको जोशमा संगीतको ऊर्जा, ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक
New Office

काठमाण्डौ । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रिम इनर्जी ड्रिंकले क्रिकेटको उत्साहलाई संगीतसँग जोड्दै ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ।

मैदानमा ब्याट र बलबीच हुने रोमाञ्चक प्रतिस्पर्धा, चौका–छक्कासँगै गुञ्जिने दर्शकको हुटिङ र आफ्नो टोलीको जितका लागि धड्किने समर्थकको भावनालाई गीतमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

हरेक बलसँग बढ्ने उत्सुकता, चौका–छक्कामा उम्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास एन्थममा गरिएको छ।

एनपीएल सिजन ३ मा एक्स्ट्रिम इनर्जी ड्रिंकले काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। पोखरा एभेन्जर्ससँग भने जर्सीको छाती भागमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

खेलाडीको जित्ने अठोट, टोलीप्रति समर्थकको विश्वास र दर्शकदीर्घाबाट गुञ्जिने उत्साहलाई संगीतमार्फत जोडेर क्रिकेटप्रेमीसँग अझ नजिकिने प्रयास गरिएको कम्पनीको भनाइ छ।

‘एक्स्ट्रिम एन्थम’मा युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ। ब्लुज अर्थात् सुरज शाहीले संगीत सिर्जना तथा संयोजन गरेका छन्। यसको निर्माण भने एनएफटीपी टिमले गरेको हो।

Garima Development Bank
Bizshala
IME remit

विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको कम्पनीले जनाएको छ। मैदानमा खेलाडीले देखाउने जोश र दर्शकले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतारेर क्रिकेटको माहोललाई थप ऊर्जावान बनाउने उद्देश्य राखिएको छ।

कम्पनीका अनुसार यो एन्थम एउटा गीतमा मात्रै सीमित नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो।

‘एक्स्ट्रिम एन्थम’ एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक युट्युब र टिकटक प्लेटफर्ममार्फत हेर्न तथा सुन्न सकिने कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.