मंगलवार, कार्तिक १०,२०८३ 01:01:33
  • मंगलवार, कार्तिक १०,२०८३ 01:01:33
Global IME Bank Limited

दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

Bizshala
दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर
New Office

 

काठमाण्डौ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मात्रै ५ हजार ३८४ विदेशी पर्यटक अन्नपूर्ण पदमार्ग पुगेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रको तथ्याङ्कअनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त संख्यामा पर्यटकले पदमार्ग भ्रमण गरेका हुन्।

गत वर्ष यही अवधिमा २ हजार ७५७ पर्यटक मात्रै आएका थिए। यस आधारमा यस वर्ष अन्नपूर्ण पदमार्गमा २ हजार ६२७ जना बढी पर्यटक पुगेका छन्। अर्थात्, दसैँ अवधिमा पर्यटक आगमन करिब दोब्बर भएको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

केन्द्र प्रमुख भूपेन्द्र गुरुङका अनुसार पर्यटक बढ्नुमा मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले पुर्‍याएको क्षति पनि एउटा कारण हो। मनास्लु पदमार्ग प्रभावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण क्षेत्रतर्फ मोडिएका थिए।

यससँगै मौसम अनुकूल रहनु र पछिल्लो समय पदयात्रा तथा घुमफिरप्रति आकर्षण बढ्नुले पनि पर्यटक आगमन बढाएको उनको भनाइ छ।

तथ्याङ्कअनुसार यस वर्ष दसैँ अवधिमा अन्नपूर्ण पदमार्ग पुगेका पर्यटकमध्ये ३ हजार २८८ पुरुष, २ हजार ९४ महिला र अन्य दुई जना रहेका छन्।

त्यस्तै, सार्क राष्ट्रबाट ६०९ जना र गैरसार्क राष्ट्रबाट ४ हजार ७७५ जना पर्यटक आएका छन्।

Garima Development Bank
Bizshala
IME remit

देशगत रूपमा सबैभन्दा बढी भारतबाट ६०६ जना पर्यटक अन्नपूर्ण पदमार्ग पुगेका छन्। त्यसपछि जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र अमेरिकाबाट ३५२ पर्यटक आएका छन्।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ। हिमाली दृश्य, परम्परागत बस्ती, स्थानीय संस्कृति र प्राकृतिक विविधताका कारण यो पदमार्ग विश्वभरका पदयात्रीमाझ लोकप्रिय गन्तव्य मानिन्छ।

यस वर्ष दसैँमै देखिएको तीव्र पर्यटक वृद्धिले शरद ऋतुको बाँकी सिजनमा पनि अन्नपूर्ण क्षेत्रमा पर्यटक चाप उच्च रहने संकेत गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.