बिहीबार, कार्तिक १२,२०८३ 06:03:11
  • बिहीबार, कार्तिक १२,२०८३ 06:03:11
Global IME Bank Limited

२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार आरोपमा धनुषाका २८ वर्षीय युवा पक्राउ

Bizshala
२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार आरोपमा धनुषाका २८ वर्षीय युवा पक्राउ
New Office

काठमाण्डौ । अवैध क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार यादवले ‘बाइनान्स’ एपमार्फत ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङ गराउने गरेको सूचनाका आधारमा निगरानी गरिएको थियो।

प्रहरीको प्राविधिक विश्लेषणका क्रममा उनले प्रयोग गरेको बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको देखिएको कार्यालयले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रहरीले प्रयोग गरेको प्रतिडलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरअनुसार उक्त कारोबारको नेपाली रुपैयाँमा मूल्य करिब २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुन आउँछ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं ल्याइएको छ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जुवा तथा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार हाल कारोबारको स्रोत, प्रयोग भएका डिजिटल माध्यम, अन्य सम्भावित संलग्न व्यक्ति तथा रकमको प्रवाहबारे थप अनुसन्धान भइरहेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.