काठमाण्डौ । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने कम्पनी फ्रीमांसले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
फ्रीमांसको उत्पादक कम्पनी एफएमआई लिमिटेडले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत ऐरीसँग सहकार्य गरेको जनाएको छ।
कम्पनीले नेपाली बजारमा मेजरिङ टेप, पावर टुल्स, ह्यान्ड टुल्सलगायत आफ्ना उत्पादनको पहुँच विस्तार गर्दै उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरसँगको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार क्रिकेटमा ऐरीले देखाउँदै आएको निरन्तर प्रदर्शन, प्रतिस्पर्धी भावना र लोकप्रियतालाई फ्रीमांसको गुणस्तर, सटीकता, विश्वसनीयता र कार्यसम्पादनसँग जोडेर सहकार्य अघि बढाइएको हो।
एफएमआई लिमिटेडका कार्यकारी निर्देशक साहिल नायरले नेपाल कम्पनीका लागि रणनीतिक रूपमा महत्वपूर्ण बजार रहेको बताएका छन्।
उनले नेपालमा उत्पादन बिक्रीमा मात्र सीमित नभई ग्राहक तथा व्यावसायिक साझेदारको विकासमा योगदान गर्ने ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य रहेको बताए।
‘दीपेन्द्र सिंह ऐरी महत्त्वाकांक्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपाललाई प्रतिनिधित्व गर्छन्,’ नायरले भने, ‘उनीसँगको सहकार्य अर्थपूर्ण र दीर्घकालीन हुने अपेक्षा गरेका छौँ।’
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि ऐरीले फ्रीमांससँग जोडिन पाउँदा खुसी लागेको बताएका छन्। गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित ब्रान्डको नेपाली बजार विस्तारको यात्रामा सहभागी हुन पाउँदा उत्साहित रहेको उनको भनाइ छ।
फ्रीमांसले मेजरिङ टेपबाट सुरु गरेको आफ्नो उत्पादन दायरा विस्तार गर्दै अहिले स्पिरिट लेभल, मेजरिङ ह्विल, ह्यान्ड टुल्स, प्रेसिजन तथा डिजिटल मेजरिङ टुल्स र पावर टुल्स एक्सेसरिजसमेत उपलब्ध गराउँदै आएको छ।
कम्पनीले नेपालमा वितरण सञ्जाल विस्तार गर्दै डिलर, खुद्रा विक्रेता र उपभोक्तासँगको पहुँच थप बलियो बनाउने योजना बनाएको जनाएको छ।
सन् १९५० मा स्थापना भएको एफएमआई लिमिटेडका फ्रीमांस ब्रान्डका उत्पादन हाल विश्वका ६० भन्दा बढी देशमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।