काठमाण्डौ । नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ आयोजना हुने भएको छ । उक्त कन्फरेन्स आगामी जेठ १८ गते शुक्रबार काठमाण्डौको सोल्टी होटलमा आयोजना हुने लागेको हो ।
उक्त सम्मेलनले अन्तराष्ट्रिय विज्ञहरुबाट अनुसन्धानमा आधारित दृष्टिकोण,ज्ञान, एंव विचार प्रस्तुत हुने आयोजकले जनाएको छ ।
कोभिड १९ महामारी,अनिश्चिनता तथा जोखिमले अर्थतन्त्रलाई गाजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्वििक मुद्दाहरु सम्बोधनका लागि नेपालको व्उवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच,ज्ञान व्यवहारिक पहलहरुको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।
‘अर्थतन्त्र र कार्यस्थलमा भएका विभिन्न परिवर्तहरुलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले‘सीईओ’ कन्फरेन्स’ आयोजना गर्न लागेको हो,’नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले भने । सम्मेलनको मुख्य विषयवस्तु‘कामको भविष्य ःपरिवर्तित परिदृश्य आत्मसात’ रहेको छ । सम्मेलनको मुख्य उदेश्य सरोकारवालालाई प्रविधि,उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यवसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।
सम्मेलनमा ४ विषयगत सत्रहरु सञ्चालन हुनेछन् । पहिलो सत्र सम्मेलनको मुख्य विषयवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म,तेस्रो सत्र अस्थिर,जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रुपान्तरणसम्बन्धी रहेका छन् ।
कार्यक्रमका मुख्य वक्ताहरु स्ट्राटेजाका संस्थापक एंव ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर इन्भेष्ट इण्डियाका सीईओ दिपक बागला,एम२पी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा.समीर मास्के रहेका छन् ।