काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ९.६० अमेरिकी डलर अर्थात् ०.२५ प्रतिशतले बढेर प्रतिऔँस ३ हजार ८९२ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य ०.३१ अमेरिकी डलर अर्थात् ०.६३ प्रतिशतले घटेर प्रतिऔँस ४८.९१ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
यद्यपि, पछिल्लो एक महिनाको अवधिमा सुनको मूल्य ६.१९ प्रतिशतले घटेको छ । त्यस्तै, गत वर्षको सोही अवधिको तुलनामा सुनको मूल्य ४ प्रतिशतले ओरालो लागेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।