सोमबार, कार्तिक ३०,२०८३ 08:23:39
  • सोमबार, कार्तिक ३०,२०८३ 08:23:39
Global IME Bank Limited

सेयर मूल्य २९ प्रतिशत घटेपछि इन्टेलविरुद्ध सेयरधनीले हाले मुद्दा

Bizshala
सेयर मूल्य २९ प्रतिशत घटेपछि इन्टेलविरुद्ध सेयरधनीले हाले मुद्दा
New Office

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलविरुद्ध सेयरधनीहरूले ठगी गरेको आरोपमा मुद्दा दायर गरेका छन्। व्यक्तिगत कम्प्युटर (पीसी) बिक्रीमा आएको लामो समयदेखिको सुस्तता र त्यसले आम्दानीमा पार्ने प्रभाव लुकाएको आरोप उनीहरूले लगाएका हुन्।

क्यालिफोर्नियाको संघीय अदालतमा दायर मुद्दामा मिचिगनको एक पेन्सन कोषको नेतृत्वमा रहेका सेयरधनीहरूले पीसी बिक्रीमा गिरावट र अतिरिक्त मौज्दातबारे कम्पनीले समयमै जानकारी नदिएको दाबी गरेका छन्।

सेयरधनीहरूका अनुसार एआईसँग सम्बन्धित डेटा सेन्टरको बढ्दो मागबाट प्राप्त हुने सम्भावित लाभभन्दा पीसी बजारको सुस्तता र अतिरिक्त मौज्दातको असर बढी देखिएको थियो। उनीहरूले कम्पनीले समस्याबारे जानकारी हुँदाहुँदै अगस्टको मध्यमा प्रतिकित्ता ९५ डलरका दरले २३ अर्ब डलर बराबरको सेयर बिक्री गरेको आरोपसमेत लगाएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत अक्टोबर ३० मा इन्टेलको सेयर मूल्य २८.६ प्रतिशतले घट्दा कम्पनीको बजार पुँजीकरण करिब १४० अर्ब डलरले घटेको थियो। त्यसअघि कम्पनीले चौथो त्रैमासिकमा अपेक्षाभन्दा कम आम्दानी र नाफा हुने तथा पीसी बिक्रीमा लामो समयसम्म सुस्तता रहने प्रक्षेपण सार्वजनिक गरेको थियो।

इन्टेलका प्रमुख कार्यकारी अधिकृत लिप-बु तानले उत्पादन सामग्रीको अभाव र मेमोरी चिपको अभूतपूर्व संकटले पीसी बजार प्रभावित भएको बताएका थिए। मेमोरी चिपको मूल्य वृद्धिले पीसी महँगिँदा मागसमेत कमजोर भएको छ।

Garima Development Bank
Bizshala
IME remit

मुद्दामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तान र प्रमुख वित्तीय अधिकृत डेभिड जिन्सनरलाई पनि प्रतिवादी बनाइएको छ। सन् २०२६ जुलाई २३ देखि अक्टोबर २९ सम्मका सेयरधनीका लागि क्षतिपूर्ति माग गरिए पनि रकम खुलाइएको छैन।

यस वर्ष शुक्रबारसम्म इन्टेलको सेयर मूल्य ६२ प्रतिशतले बढेको छ। तर, जुन ३० मा कायम १४२.३५ डलरको उच्च मूल्यबाट भने उल्लेख्य घटेको छ। शुक्रबार बजार बन्द हुँदा सेयर मूल्य ५९.६६ डलर थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.